बनेपा । काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट भएको छ । गएराति मंगलटारमा विष्फोट भएको तर बम हो हथवा अरु नै केही हो यकिन नभएको प्रहरीले बताएको छ ।
“के विष्फोट भएको हो र कसले विष्फोट गराएको हो यकिन भएको छैन,” वाग्मती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले भने, “सडकमा विष्फोट भएको पाइएको छ । ठूलो क्षति भएको छैन । बाँकी हामी अध्ययनन गरिरहेका छौं ।” विष्फोट भएसँगै बीपी राजमार्गमा सवारी अवरुद्ध भएको छ ।
आज आफ्ना नेतालाई प्रहरीले गिरफ्तार गरेको विरोधमा विप्लव नेबपाले नेपाल बन्दको आह्वान गरेको छ । बन्दको पूर्वसन्ध्यामा सो पार्टीले देशभर मसाल जुलुस निकालेको छ ।