काठमाडौं । नेपाल वायुसेवा निगमको व्यापार खोसेर हिमालयन एयरलाईन्सलाई दिने तयारी सुरु भएको छ ।
नागरिक उड्ययन प्राधिकरणले नेपाल वायु सेवा निगमको व्यापार खोसेर हिमालयन एयरलाईन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ जिम्मा दिने तयारी फेरी सुरु गरेको छ ।
गत ४ असोजमा हिमालय एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सेल्फ ग्राउन्ड ह्यान्डलिङ प्रमाणपत्र जारी गरेको थियो ।
प्रमाणपत्र जारी भई विरोध भएपछि तत्कालीन मन्त्री योगेश भट्टराईले सो प्रक्रिया तत्कालका लागि स्थगन गरेका थए ।
तर फेरी पर्यटन मन्त्रीमा भानुभक्त ढकाल मन्त्रीका रुपमा आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण आन्तरिक तयारीमा जुटेको छ ।
साधारणतया हरेक देशको ध्वजाबाहकले सो देशको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएका हुन्छन् ।
सोही अनुरुप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल वायुसेवा निगमले लिँदै आएको छ ।
नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्याडलिङबाट वर्षेनी ४ अर्ब बढिको आम्दानी गर्दै आएको छ ।
ग्राउन्ड ह्यान्डलिङकै लागी नेपाल वायुसेवा निगमले १० अर्ब बढि लगानी गरिसकेको छ । निगमले ग्राउन्ड ह्यान्डलिङको सेवाबाट प्रभावित हुँदा आम्दानीको स्रोत गुमाउने र आर्थिक रुपमा धरासायी हुन सक्ने नेपाल वायुसेवा निगमले जनाएको छ ।
यसै कारणपनि ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले नै पाउनुपर्ने निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल दाबी गर्नुहुन्छ ।
कोभिडले थिलथिलो पारेर सरकारी कम्पनी धरासायी हुन नदिई नीजि कम्पनीलाई दिने तयारी थालिनु सरकारकै गलत कदम भएको महाप्रबन्धक पौडेलको भनाई छ ।