काठमाडौँ। देशभर थप ३०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन हजार ५४५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३०२ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ । हाल तीन हजार ६१४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४८० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म नेपालमा दुई लाख ६३ हजार ३४८ जना सङ्क्रमित निको भइसकेका छन् ।
यसैगरी पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको मन्त्रालयले जनाएको छ।