• मंसिर ११ २०८१, मंगलवार

मुलुककै सबैभन्दा ठूलो जलाशय जगदीशपुर ताल पर्यटकीय गन्तव्य बन्दै

माघ ८ २०७७, बिहीबार

– श्याम क्षेत्री, कपिलवस्तु

विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर ताल पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

जगदीशपुर मुलुककै सबैभन्दा ठूलो जलाशय हो । यो कपिलवस्तु जिल्लास्थित भगवान् गौतम बुद्धको राजधानी तथा क्रीडास्थल प्राचीन तिलौराकोटदेखि १० किलोमिटर उत्तरमा पर्छ ।

सो कृतिम तालमा १ सय ६९ प्रजातिका हजारौँ चराहरु एकै पटक अवलोकन गर्न सकिन्छ । तालमा डुंगा यात्रा र लामो पदयात्रा पनि गर्न सकिन्छ ।

कोरनाको कारण दैनिक आउने आन्तरिक र विदेशी पर्यटकको यकिन तथ्यांक नभए पनि पछिल्लो समय यो ताल चरा अवलोकनको गन्तव्य बन्दै गएको छ ।

तालमा साइबेरिया, रुस, चीन, मंगोलिया, मध्यएशियाका तुर्कमेनिस्तान र कीर्गिस्तानलगायत देशबाट चरा आउने गर्छन् ।

१५७ हेक्टरमा फैलिएको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचीकृत भएको हो ।