• बैशाख १० २०८२, बुधबार

पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना सङ्क्रमण

माघ ७ २०७७, बुधबार

काठमाडौँ। देशभर थप ३१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा पछिल्लाे २४ घण्टामा पाँच हजार १२ जनाकाे पीसीआर परीक्षण गरिएकोमा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ६८ हजार ३१० पुगेको छ । त्यस्तै तीनहजार ६९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ।
यस्तै पछिल्लो चौबीस घण्टामा ३८३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म नेपालमा निकोहुनेहरुको कुल संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ ।

यसैगरी पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म एक हजार ९७५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।