• बैशाख १० २०८२, बुधबार

लगनखेल मालपोतका नासु घुस रकमसहित पक्राउ

माघ ७ २०७७, बुधबार

ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि घूस मागेको उजुरीका आधारमा अख्तियार टोलीले उनीहरुलाई ४० हजार घूससहित ललितपुर महानगरपालिका-१२ लगनखेल बसपार्कबाट मंगलबार पक्राउ गरेको हो । नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियार सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।