• बैशाख १० २०८२, बुधबार

संवैधानिक इजलासमा बुधबारदेखि बहसका लागि समय तोकियो

माघ ७ २०७७, बुधबार

काठमाडौं। प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइका क्रममा बुधबारदेखि अधिवक्ताहरुलाई बहसका लागि समय तोकिएको छ। प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा बहसका लागि आधा घण्टाको समय निर्धारण गरिएको जानकारी दिए। गत आइतबारदेखि नियमित सुनुवाइ हुन थालेको सो मुद्दामाथि बहसका लागि कुनै समय निर्धारण गरिएको थिएन । एउटै वरिष्ठ अधिवक्ताले लामो समयसम्म बहस गर्ने गरेकाले समय धेरै लाग्ने भएपछि समय सिमा निर्धारण गरिएको हो ।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले भने, ‘डासाबलाई आधा घण्टा, आजदेखि हामीले समय निर्धारण गरेका छौं ।’
वरिष्ठ अधिवक्ता ज्ञवालीले भने १ घण्टा समय दिन माग गरेर बहस सुरु गरे । बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर नै राखिएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ वटा रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ।