घोराही । राष्ट्रिय जनमोर्चा दाङले संचालन गरेको वडा वडामा सभा, टोल टोलमा समिति अभियान अन्तर्गतको कार्यक्रम घोराहीका सबै वडाहरुमा संचालन हुने भएको छ । उपमहानगर भरी सातवटा समूह निर्माण गरि अभियान चल्ने भएको हो ।
जसमा वडा नम्बर १ देखि ४ सम्मको समूहको नेतृत्व मनिराम खनालले पर्नेछन् । सो समूहको संयुक्त कार्यकता भेला माघ ८ गते सुनपुरमा हुनेछ । ५ देखि ७ को हरी खरेलको नेतृत्वको भेला माघ १२ गते हुनेछ । ८ देखि १० को समूहको चन्द्रबहादुर रावतले नेतृत्व गर्नेछन्, जसको भेला माघ ९ गते हुनेछ ।
११ र १२ को नेतृत्व टीका विक नेतृत्वको भेला माघ १३ गते हुनेछ । १३ देखि १६ को नेतृत्व रामबहादुर जिएमले गर्नेछन्, जसको भेला माघ १० गते हुनेछ । १७ र १८ को नेतृत्व षडानन्द खनाल गर्नेछन्, जसको भेला माघ ११ गते हुनेछ । वडा नम्बर १९ को नेतृत्व मंगल घर्तीको हुनेछ, जसको भेला माघ ७ गते हुनेछ ।
गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको पक्षमा तथा भ्रष्टाचार, संघीयता र केपी सरकारको असंवैधानिक कदमका विरुद्धमा संघर्ष र संगठन निर्माणको अभियान चल्ने भएको हो । घोराहीमा चल्ने उक्त अभियानको लागि रामबहादुर जिएम संयोजक रहने गरि ९ सदस्यीय मूल परिचालन समिति गठन भएको छ ।
जसको सदस्यहरुमा सुशील पोख्रेल, हरी खरेल, मनिराम खनाल, टीका विक, षडानन्द खनाल, कृष्णा राना, चन्द्रबहादुर राना, मिनु सुवेदी लगायत रहेका छन् । नगरअध्यक्ष हरी खरेलको अध्यक्षता र जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा माघ ५ गते बसेको नगर समितिको बैठकले यी कार्यक्रमहरु तर्जुमा गरेको हो ।