महेन्द्रनगर । विभाजित नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री खड्कप्रसाद ओलीले विभाजित पार्टी अध्यक्ष नेता पुष्पकमल दाहालप्रति कटाक्ष गरेका छन् । उनले दाहाललाई काम लाग्छ कि भनेर एमालेमा ल्याएको तर काम नलागेको बताए ।
उनले दाहाल लगायतका नेताहरुले लाटोकोसेराले घाम लागेको बेला देख्न नसके जस्तै सरकारले गरेको काम पनि देख्न नसकेको टिप्पणी पनि गरेका छन् । ओलीले आगामी निर्बाचनमा अध्यक्ष दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपाललाई दस सिट ल्याएर देखाउन चुनौती दिए । नेकपा विभाजन भएपछि धनगढीमा आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
उनले आफ्नो पार्टी छोरी, बुहारी र सम्धीको पार्टीहरुको नभएको बताए । उनले आफू सरकारको नेतृत्वमा भए पनि कोही एकजना आफन्तलाई कतै नियुक्ति नदिएको बताए । उनले ५० वर्षअघि देखि नै एकता र एकीकरणको अभियानको थालनी गरेको बताए ।