• मंसिर १२ २०८३, शुक्रबार

मलेसिया श्रमिक ठगी काण्डमा समातिएका अर्याललाई सरकारी वकिल कार्यालयमा हाजिर गराइयो

मंसिर १२ २०८३, शुक्रबार

काठमाडौँ। नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप म्यादका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ। शुक्रबार उनलाई सरकारी वकिल कार्यालयमा ल्याइएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा बिहीबार नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौँ ल्याइएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा ल्याइएको हो। त्यसपछि उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।