काठमाडाैं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडाैं गोर्खाजले चार विकेटको रोमाञ्चक जित हात पारेको छ ।
१ सय ८१ रनको लक्ष्य पछ्याएको काठमाडाैंले १९.४ ओभरमा सनसनीपूर्ण जित निकालेको हो । योसँगै कर्णालीले जारी सिजनमा पहिलो हार व्यहोरेको छ भने काठमाडाैंले पहिलो जित दर्ता गरेको छ ।