भुइँबाट उम्रिएर बास जान्छ माथी
आखिरमा नुहिएर भुइँ नै हो साथी
ओहदाको हिसावले कर्मचारी माथी
सेवाग्राही कर्मचारी आखिरीमा साथी ।
यिनै कुरा मनन गरी सेवा दिनु राम्रो
बोलीचाली राम्रो गर्नु शिष्टता हो हाम्रो
नम्रताले सबैतिर बन्छ हेर काम
सबैतिर गुणगान चल्दै जान्छ नाम ।
पैसा मात्र केही होइन कमाउनु नाम
नामलाई दाग लाग्ने गर्नुहुन्न काम
सिद्धान्तमा अडिग भइ काम गर्ने गरे
कुनै कुराबाट पनि डर हुन्न भरे ।
काम गर्दा सधैभरी सजग हुने गर
खुट्टा अलि चिप्लिएमा पठाउँछन् घर
पेट पाल्न गाह्रो छैन पाल्न गाह्रो नाम
ख्यातीप्राप्त हुनलाई राम्रो गरौं काम ।
साउन १०, २०८३, काभ्रे नाला