• श्रावण १७ २०८३, आईतवार

ओलीको आदेशमा कोशीमा आफ्नै सरकार ढाल्न सक्रिय भए शेरधन

श्रावण १७ २०८३, आईतवार

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने सहमतिबाट अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन् ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसँगको छलफलमा ओलीले कार्कीलाई निरन्तरता दिने सहमति गरेका थिए । तर उक्त सहमतिबाट पछि हटेर कार्कीलाई हटाउन ओली आफै सक्रिय भएका छन् ।स्रोतका अनुसार ओलीले कोशीका इन्चार्ज रहेका पार्टी सचिव शेरधन राईलाई यो जिम्मेवारी दिएका छन् । ‘

दुई दिनदेखि शेरधन राई विराटनगर बसेर यो काममा लाग्नुभएको छ,’ एक नेताले भने, ‘हिजै मात्र एक होटलमा मुख्यमन्त्री कार्कीसँग दुई घण्टा जति छलफल गर्नुभयो ।’छलफलमा राईले ओलीको सन्देश सुनाएका थिए ।

‘पार्टी अध्यक्षको सन्देश तपाईंले राजीनामा गर्नुस् भन्ने छ,’ राईले भनेका थिए । तर कार्की राजीनामाका निम्ति तयार भएनन् । कोशिमा एमालेकै नेततृत्वमा सरकार छ l तर एमालेमा नेतृत्व परिवर्तनको पक्षमा रहेकोले आफ्नै पार्टीको सरकार ढलाउन ओली लागिपरेका छन् l