काठमाडौँ । नेपाली कांग्रेस कपिलवस्तुका सहसचिव वाजिह अरशदले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।
वाजिहले सोमबार जिल्ला सभापतिलाई राजीनामा बुझाउँदै नेतृत्वले पुराना कार्यकर्तालाई विस्थापित गर्न खोजेको गम्भीर आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका हुन् ।
झन्डै तीन दशक अगाडिबाट कांग्रेसमा सक्रिय वाजिहले जिल्ला नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
अरशदले सभापतिलाई बुझाएको राजीनामा पत्रमा वर्तमान जिल्ला नेतृत्वको पृष्ठभूमि ‘बागी र विद्रोही’ रहेको टिप्पणी गर्दै नेतृत्वले पार्टीका पुराना र इमानदार कार्यकर्ताहरूलाई विस्थापित गरिरहेको आरोप लगाएका छन् ।
‘पार्टीभित्रको अनियमितता विरुद्ध आवाज उठाउँदा चौतर्फी घेराबन्दीमा परियो, पदमा रहेर इमानदार कार्यकर्तालाई सम्मान दिलाउन नसक्ने भएपछि राजीनामा दिने निर्णयमा पुगेको हुँ।’