विराटनगर । कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी रास्वपाको प्रथम सुनसरी जिल्ला अधिवेशनमा हात हालाहाल भएको छ ।
जेनजी युवा तथा रुष्ट रहेका कार्यकर्तालाई पेलेर बढ्न खोजेपछि हातहालाहाल भएको असन्तुष्ट पक्षले जनाएको छ ।
अधिवेशनमा मतदान गर्ने अधिकारबाट केहीबेर अघिबाट मात्र आफूहरूको नाम हटाएको विरोधमा बन्दसत्र हल प्रवेश गर्ने मूल ढोका नै बन्द गरेर केही युवा धर्नामा बसेका थिए ।
उनीहरूलाई हटाएर चुनावी प्रक्रिया सुरु गरेपछि हातहालाहाल भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काले होहल्ला भएको भए पनि हात हालाहाल भने नभएको बताए ।
‘हात हालाहाल भएको होइन । केही बेर होहल्ला भएको थियो । अहिले परिस्थिति सामान्य भइसकेको छ । मतदान भइरहेको छ,’ उनले भने ।