• जेष्ठ ९ २०८३, शनिबार

घले समाजको भवन निर्माण बारे गण्डकी प्रदेशका मन्त्री र घले समाजका प्रतिनिधि बिच छलफल

जेष्ठ ९ २०८३, शनिबार

काठमाडौं । लमजुङ लिलः फङ (घले समाज)को भवन निर्माण गर्ने बारे गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री रेखा गुरुङ, गण्डकी प्रदेशका पर्यटन मन्त्री यसोदा रिमाल र गण्डकी प्रदेशका सदस्य टीकाकुमारी बस्यालसँग सो समाजका अध्यक्ष वीरसिंह घले नेतृत्वको प्रतिनिधि मण्डले छलफल गरेको छ ।

भेटका क्रममा घले समाजको निर्माणाधीन भवनको प्रगति, आगामी योजना तथा घले समाजको संस्थागत विकासका बारेमा पनि छलफल भएको समाजका अध्यक्ष घलेले जानकारी दिए ।

सो अवसरमा घले समाजको निर्माणाधीन भवनको कार्यलाई निरन्तर अघि बढाउन आवश्यक सहयोग र समन्वय गर्ने बारेमा मन्त्री तथा प्रदेशसभा सदस्यको ध्यानाकर्षण गराइएको छ ।

दुवैजना मन्त्री र प्रदेशसभा सदस्यले सामाजिक तथा सार्वजनिक पहिचानको संरक्षणमा घले समाजले खेलेको भूमिकाको प्रसंशा गर्दै निर्माणाधीन भवनले समाजलाई थप संगठित र सक्रिय बनाउन महत्वपूर्ण योगदन पुर्याउने विश्वास व्यक्त गरे ।

मन्त्री तथा प्रदेशसभा सदस्यहरुसितको भेट र छलफलपछि घले समाजका सदस्यहरुले आवश्यक सहयोग तथा सुझावहरु प्राप्त गर्ने अपेक्षा व्यक्त गरेका छन् ।