काठमाडौँ l संयुक्त विद्यार्थी संगठनले ‘प्रतिबन्धविरूद्ध प्रतिरोध गरौं’ भन्ने नारा लगाएर मार्चपास गरेको छ।
शुक्रबार काठमाडौंको त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म संगठनले मार्चपास गरेको हो।
उनीहरूले ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’, ‘प्रधानमन्त्री नशामा, देश दशामा’ लगायत प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीको विरोध र्याली आयोजना गरिएको हो।