• बैशाख ३१ २०८३, बिहीबार

आफैले बनाएको नीति तथा कार्यक्रम प्रधानमन्त्री प्रमलाई नै मन परेन कि क्या हो : ज्ञानेन्द्र शाही

बैशाख २८ २०८३, सोमबार

काठमाडौँ । संसद्मा राष्ट्रपतिबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिएपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कदममाथि प्रश्न उठाएका छन् ।

शाहीले सोमबार साँझ फेसबुकमा लेखेका छन्, ‘संसद्मा राष्ट्रपतिबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रम नसुनी प्रधानमन्त्री बाहिरिनुभयो । तर संवैधानिक रूपमा राष्ट्रपतिले पढ्नुभएको दस्तावेज सरकारकै हो, अर्थात् प्रधानमन्त्रीकै नेतृत्वमा तयार गरिएको नीति तथा कार्यक्रम । आफ्नै सरकारले बनाएको नीति प्रधानमन्त्री आफैलाई मन परेन कि क्या हो, त्यसैले अब संशोधनसहित नीति तथा कार्यक्रम पुनः लेख्नुपर्ने अवस्था आएको छ ।

प्रधानमन्त्रीको यस कार्यप्रति अन्य दलका सांसदहरूले पनि अस्वाभाविक भएको टिप्पणी गरिरहेका छन् ।