काठमाडौँ । बालेन नेतृत्वको सरकारले सुकुमबासी बस्ती हटाएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
आइतबार माइतीघर मण्डलामा माओवादीले विरोध प्रदर्शन गरेको हो । भूमिहीन र सुकुमबासी जनतामाथि सरकारको अमानवीय दमन र श्वेत आतङ्क विरुद्ध विरोध प्रदर्शन गरिएको माओवादीले जनाएको छ ।
जनताको भूमिमाथिको अधिकार ग्यारेन्टी गर, क्रान्तिकारी भूमिसुधार लागू गर, गरिबमारा लुसिफर सरकार मुर्दावाद लगायतका नारा लगाएर विरोध प्रदर्शन गरिएको हो । बालेन सरकारले उपत्यकाका सुकुमबासी बस्ती हटाइरहेको छ ।