• जेष्ठ ६ २०८२, सोमबार

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बैशाख २२ २०८२, सोमबार

वैशाख २२, काठमाडौं । नेपाली बजारमा सोमबार (वैशाख २२) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ६०० रुपैयाँ कायम छ । आइतबार (वैशाख २१) छापावाल सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।