• जेष्ठ २८ २०८२, मंगलवार

कञ्चनपुरमा मोटरसाइकलसँगै जलेको अवस्थामा पुरुषको शव फेला

बैशाख ९ २०८२, मंगलवार

वैशाख ९,काठमडौं । कञ्चनपुरमा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको बेलौरी नगरपालिका– १० शिवनगरमा मंगलबार बिहान बेलडाँडी गाउँपालिका–३ का हरिकिशन रानाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक शर्माका अनुसार मोटरसाइकलसँगै रानाको शव जलेको अवस्थामा फेला परेको हो । शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए । मृत फेला परेका राना किसान हुन् ।