अनुहारमा दाग धब्बा, चाउरीपना, फाइन लाइन्स अहिले हरेकको समस्या बन्दै गएको छ । छालाको उचित हेरचाह नगर्ने कारणले गर्दा मानिसहरू सानै उमेरमा बुढो देखिन थाल्छन् ।
मानिसहरू जवान देखिनको लागि धेरै प्रकारका छाला उत्पादनहरू प्रयोग गर्छन्, विशेष गरी महिलाहरूका लागि धेरै किसिमका क्रिमहरू बजारमा पाइन्छ ।
तर, त्यस्ता महँगा क्रिमहरू भन्दा घरेलु उपचार गर्नेले धेरै चमत्कार गरिरहेका हुन्छ । त्यसमाथि, घरेलु उपचारले छालाको हेरचाहमा कुनै साइड इफेक्ट गर्दैन । तर संवेदनशील छाला भएकाहरूले भने छालाको टेस्ट अवश्य गर्नुपर्छ, किनभने केही मानिसहरूलाई केही चीजहरूमा एलर्जी हुन सक्छ।
यदि छालामा चाउरीपना, फाइन लाइन्स, थिलथिलो छाला वा पिग्मेन्टेसन देखिन थालेको छ भने नरिवलको तेल प्रयोग गरेर आफ्नो सौन्दर्य पाउन सक्नुहुनेछ ।
हरेक साझ सुत्नुअघी अनुहार राम्रोसंग धोएर पुछेर नरिवलको तेल हातमा लिएर अलि अलि गर्दै अनुहारमा लगाउने गर्नुपर्दछ ।
४-५ मिनेटसम्म अनुहारमा नरिवलको तेल सबैतिर लगाएर मसाज गर्नुपर्दछ । यसरी दिनहुँ गर्नाले केही हप्तामै तपाईंले आफ्नो अनुहारमा अपत्यारिलो चमत्कार देख्न सक्नुहुनेछ ।