वैशाख ८, काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
आइतबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतिलोला १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार स्थानीय बजारमा चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।