• बैशाख ९ २०८२, मंगलवार

वनभोज तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम हुँदै

बैशाख ४ २०८२, बिहीबार

काठमाडौं । नेपाल मगर संघ बाग्लुङ्ग–काठमाडौं सम्पर्क समितिले वनभोज तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम गर्दैछ । कार्यक्रम यही बैशाख ६ गते शनिबर बिहान १० बजे चन्द्रागिरी–६ मातातिर्थ मन्दिर काठमाडौंमा हुने आयोजक संस्थाले जनाएको छ ।

सो कार्यक्रमामा जेष्ठ नागरिक सम्मान तथा गरिव विद्यार्थी र विरामीलाई सहयोग उपलब्ध गराइने छ । उक्त कार्यक्रममा पञ्चेबाजा र बाग्लुङ्गे कालाकारहरुको मैलिक प्रस्तुतिको प्रत्यक्ष प्रशारण पनि हुनेछ ।

सो वनभोज तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकारहरु उपस्थित भई प्रचार र प्रसार गरिदिन नेपाल मगर संघ बाग्लुङ्ग–काठमाडौं सम्पर्क समितिले अनुरोध गरेको छ ।