छोगडा खानुका फाइदा यस्ता छन् ः
-कम रक्तचाप भएका मानिसहरुले ३–४ वटा छोगडालाई तातो पानीमा धोएर त्यसभित्रको दाना निकाल्नुहोस् । यसलाई गाइको दुधसँगै उमाल्नुहोस् । उमालिएको दुध बिहान–बेलुका पिउनुहोस् । केही दिनमा तपाईंले कम रक्तचापबाट छुटकारा पाउनुहुन्छ ।
-छोगडा खाएर तातो दुध पिउँदा क्याल्सियमको कमीबाट निम्तिने रोग जस्तै कमजोर दाँत, कमजोर हड्डी इत्यादि रोकिने गर्छ । बिहान बेलुका तीन–तीनवटा छोगडाा खाएर पछि मनतातो पानी खाँदा कब्जियत हट्छ ।
– छोगडाको अचार खानासँग खाएको खण्डमा अपचको समस्यालाई टाढा राख्छ साथै यसले मुखको स्वाद पनि ठिक बनाउँछ ।
-मधुमेह रोगी जसलाई मिठाई, चिनी इत्यादि खानबाट वञ्चित गरिएको छ, उनीहरुले सिमित मात्रामा छोगडाको हलुवा खान सक्छन् । छोगडामा त्यस्ता अवगुण हुँदैनन् जुन उखुबाट बन्ने चिनीमा हुन्छन् ।
-पुराना घाउका लागि छोगडा भित्रको दानालाई पोल्नुहोस् र यसको खरानीलाई घाउमा लगाउँदा घाउ छिट्टै निको हुन्छ । छोगडा भित्रको दानालाई पिसेर निकालिएको तेललाई आँखामा हाल्ने हो भने यसले आँखाको रोग पनि टाढा राख्छ ।