काक्रा खानुका फाइदा धेरै छन् । काक्रामा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ। काक्रालाई पातलो स्लाइसमा काटेर आँखाको दुवै पट्टी लगाउँदा आँखा वरिपरि भएको कालो दाग हटेर जान्छ।
काक्रामा प्रशस्त मात्रामा पानी पाइने भएकाले यसले हाम्रो शरीरमा आवश्यक पर्ने पानीको मात्रालाई कायम राख्ने काम गर्दछ। यसका साथै काक्रोको प्रयोगले हाम्रो शरीरमा नुन युरियनको मात्रालाई कम गर्न सहयोग गर्दछ।
काक्रालाई धेरैले सलादको रूपमा प्रयोग पनि खाने गर्दछन् । साथै यो गर्मीमा नुन खुर्सानीसँग मोलेर अचार बनाएर खाँदा त्यो स्वाद कसैले बिर्सिन सक्दैन। काक्रामा एन्टिअक्सीडेन्टको मात्रा हुने भएकाले यसले शरीरका टक्सिन बाहिर निकाल्छ र क्यान्सर सेल्स बढ्न नदिने चिकित्सकले बताएका छन्।
यसका अन्य फाइदा:
– यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ। मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ।
– काक्रा एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ। यसमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ।
– पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ।
– यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ।
– धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन्।
– रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ।
– मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।
– यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।
– काक्रामा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो।
– यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।
– यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ।
– यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ, त्यसैले काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ।
– यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ।