• बैशाख ३ २०८२, बुधबार

कसरी बनाउने सजीवनको सुप ?

बैशाख २ २०८२, मंगलवार

सजिवन अत्यन्त लाभदायक सब्जी हो । छिप्पिएको सजिवनको कोसामा छेक्रा हुने हुँदा धेरैले मन पराउँदैनन् तर कलिलोमा भने निकै मुलायम हुन्छ । यो सब्जीको औषधीय गुण यति धेरै छन् कि, सायदै अन्य कुनै सब्जीमा पाइएला । सजिवनको पात पनि औषधीय गुण बोकेको वनस्पतीमा पर्छ, जसलाई सितलचिनी भनेर चिनिन्छ ।

वनस्पती वैज्ञानिकहरुका अनुसार सजिवनका सम्पूर्ण अंगमा औषधीय गुण हुन्छ । भारतमा यसलाई सहजन भनेर चिनिन्छ भने अंग्रेजीमा ड्रमस्टिक भनिन्छ। हुन पनि यो सब्जी ड्रम बजाउने स्टिक जस्तै हुन्छ । सजिवनको पात अर्थात् सितलचिनीलाई अंग्रेजीमा मरिङ्गा भनेर चिनिन्छ ।

सजिवनको फूल, फल, डाँठ, कोसा र पात यति पोषक मानिन्छ कि, विश्व स्वास्थ्य संगठनको मार्गदर्शनले दक्षिण अफ्रिकाको कयौं देशमा कुपोषण पीडितहरुलाई आहारको रुपमा सौजुन प्रयोग गर्न सल्लाह दिएको छ ।

सजिवन एक त्यस्तो खेती हो, जुन थोरै लगानीमा धेरै आम्दानी दिने बहुआयामिक वनस्पति हो । सजिवन जीवन जोगाउने रुख भनेर पनि चिनिन्छ । यो वनस्पति तराई तथा मध्यपहाडमा सजिलै खेती गर्न सकिन्छ । सिजनमा ८० रुपैयाँ किलो र अफसिजनमा ३ सय देखि ४ सय रुपैयाँसम्म काठमाडौंमा सजिवन बिक्री गरिन्छ ।

यस्ता छन् केहि सजिवन गुण
१. सजिवन या सजिवनको पात सितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ ।
२. हड्डी मजबुत बनाउन भूमिका खेल्छ ।
३. कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ।
४. उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ ।
५. रोघा–खोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ ।
६. गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ ।
७. छालासम्बन्धी संक्रमणबाट जोगाउँछ ।
८. सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ ।
९. सजिवनको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ ।
१०. सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ ।
११. सजिवनको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ ।
१२. सजिवनको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ ।
१३. सजिवनको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ ।
१४. कलेजो खराब हुनबाट जोगाउँछ ।
१५. चोट–पटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ ।
१६. छालाका लागि सजिवनको पत्ता उपयोगी मानिन्छ ।
१७. सजिवनको तेल कपालका लागि उत्तम मानिन्छ ।
१८. मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।
१९. शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ ।
२०. पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्ना मद्दत पुर्‍याउँछ ।