• बैशाख ३ २०८२, बुधबार

त्रिभुवन विमानस्थलबाट झण्डै सात किलो गाँजासहित भारतीय नागरिक पक्राउ

बैशाख २ २०८२, मंगलवार

वैशाख २, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै सात किलो गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन पक्राउ परेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार भारतीय नागरिक भिसाक थाई एयरको उडानमार्फत बैंकक हुँदै नेपाल आएका थिए । गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा गाँजा भेटिएको राठौरले बताए । भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्युरो कोटेश्वर पठाइएको छ ।