काठमाडौं । भारतको आसाम राज्यबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । प्रसाईंलाई अब विमानमार्फत काठमाडौं ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ।
तीनकुने घटनाका मुख्य योजनाकार मानिएका प्रसाईं माथि अनुसन्धान भइरहेको थियो ।
सो घटनापछि दुई जनाको मृत्यु भएको थियो, र त्यसपछिप्रसाईं भारत फरार भएका थिए। सुरुमा उत्तराखण्डमा रहेको भनिएका उनी त्यहाँबाट भागेर आसाम पुगेका थिए ।
प्रसाईंको खोजीमा नेपाल प्रहरीले विशेष टोली उत्तराखण्ड पठाएको थियो । लोकेसन ट्र्याकिङको आधारमा खोजी गर्दा प्रहरी पुग्नुअघि नै उनले सूचना पाएर त्यहाँबाट भागेका थिए । अन्ततः अपराध महाशाखाका टोलीले उनलाई आसाममा पक्राउ गर्न सफल भयो ।
भारतमा पनि उनीमाथि निगरानी बढेपछि प्रसाईंले भिडियो सन्देशमार्फत आफू नेपालमै रहेको दाबी गर्दै आएका थिए ।
प्रसाईंले पछिल्लो सन्देशमा आफू पक्राउ परेमा ज्यानको सुरक्षा सुनिश्चित भए मात्र नेपाल फर्किने बताएका थिए । हाल उनलाई काठमाडौं ल्याएर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।