• चैत्र १८ २०८१, मंगलवार

कुलमानलाई हटाएको भन्दै प्रतिपक्षी दलहरूद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

चैत्र १२ २०८१, बुधबार

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा विरोध गरेका छन् ।

बुधबारको बैठक सुरू हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका सांसद उठेर विरोध गरेका थिए ।

सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका छन् । उनले घिसिङलाई हटाउने निर्णय भएकोमा विरोध गरेका छन् ।