खानापछि सौंफ खानुका फाइदा यस्ता छन् ः
-सौंफले प्राकृतिक माउथ फ्रेसनरको रूपमा काम गर्दछ। यसले सासको दुर्गन्ध हटाउँछ र मुखलाई ताजापन दिन्छ।
-सौंफले मेटाबोलिजम बढाउन मद्दत गर्छ, जसले तौल घटाउन मद्दत गर्छ।
– यसले शरीरबाट विषाक्त तत्वहरू हटाउन पनि मद्दत गर्छ।
-सौंफमा एन्टिअक्सिडेन्ट गुण हुन्छ, जसले शरीरका कोशिकाहरूलाई फ्री रेडिकलले हुने क्षतिबाट बचाउँछ।
– यसले छालालाई स्वस्थ र चम्किलो पनि राख्छ ।
-सौंफमा पोटासियम हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ। यसले मुटुसँग सम्बन्धित रोगको जोखिम कम गर्छ ।