चैत्र ८,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको धरौटी माग आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
उक्त आदेश चित्र् नबुझेको भन्दै बदरको मागसहित लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गरेका हुन् । उनले आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरेका छन् । लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेको आरोप छ ।