काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधि सभामा माफी मागेका छन् ।
अघिल्लो बैठकमा नेपालमा पर्यटकको संख्या बढाउनका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्छ भन्ने अभिव्यक्तिको विषयमा प्रमुख सचेतक घिमिरेले माफी मागेका हुन् ।
घिमिरेको अभिव्यक्तप्रति आलोचना भएपछि उनले बुधबार बैठकको सुरूमै माफी मागेका हुन् । उनले उक्त धारणा आफ्नो व्यक्तिगत धारणा भएको पनि बताएका छन् ।
‘यहि चैत्र ३ गते विशेष सयममा मैले अभिव्यक्त गरेको धारणा संसदको रुपमा विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हो । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित सांसद र जनमानसमा नकारात्मक असर परेको भए उहाँहरुको सम्मान गर्दै क्षमायाचना गर्न चाहन्छु,’ उनले भने ।