६ चैत, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ७६ रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो । जुन मूल्य हालसम्मकै उच्च हो । महासंघका अनुसार बुधबार १० ग्राम छापावाल सुनकै मूल्य १ लाख ५० हजार ८९० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार मात्र ५ रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।