काठमाडौं । महाराजगञ्ज मेडिकल क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) सबै पदमा विजयी भएको छ ।
उक्त क्याम्पसमा पछिल्लो पटक ०७३ र ०७९ मा एमालेनिकट अखिलले जितेको थियो । यसपटक सबै पदमा नेविसंघकै उम्मेदवार विजयी भएका छन् ।
सभापतिमा नेविसंघका विवेककुमार यादव विजयी भएका छन् । यादवले ८४१ मत पाए भने अखिलका पंकज गुप्ताले ७०४ मत मात्रै पाए । यहाँ अखिल क्रान्तिकारीका अशोक घर्तीमगरले ३६ र नेपाल जनमत संघका राहुलकुमार यादवले ११ मत पाए ।
यस्तै, सचिवमा यासिका यादव र कोषाध्यक्षमा सागर चौलागाईं विजयी भएका छन् । उनीहरु पनि नेविसंघकै हुन् ।
यो कलेजमा मधेशी समुदायको बाहुल्यता थियो । त्यसैले नेविसंघ र अखिल दुवैले मधेशी समुदायबाटै उम्मेदवार चयन गरेका थिए ।