• चैत्र ५ २०८१, बुधबार

राप्ती गापाका अध्यक्ष विष्टद्वारा आफ्नो तलबबाट श्रमिकको बीमा गरिदिने घोषणा

चैत्र ४ २०८१, मंगलवार

देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफ्नो सेवा सुविधाबाट प्राप्त हुने रकम श्रमिक वर्गको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

स्वास्थ्यकर्मीसमेत रहेका अध्यक्ष विष्टले गाउँपालिका भित्रका श्रमिकहरूको निःशुल्क मेडिकल र दुर्घटना बीमा गरिदिने घोषणा गरेका हुन् ।

मेडिकल बीमा योजनाअन्तर्गत श्रमिकहरूले निःशुल्क उपचार सुविधा प्राप्त गर्न सक्नेछन् । यसले श्रमिकहरूलाई आकस्मिक स्वास्थ्य समस्या पर्दा आर्थिक बोझ कमगर्न मद्दत गर्ने विश्वास छ ।

उक्त कार्यमा सहभागी हुन चैत ८ गतेभित्र गाउँपालिका अध्यक्षको सचिवालयमा सम्पर्क गर्न अध्यक्ष विष्टले आग्रह गरेका छन् ।

गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने श्रमिकहरूको स्वास्थ्य सुनिश्चित गर्न बीमा योजना ल्याइएको उनले बताए ।

‘समाजका आधारस्तम्भ नै श्रमिक हुनुहुन्छ । उहाँहरूको स्वास्थ्य सुरक्षित भएमात्रै समृद्ध गाउँपालिका निर्माण सम्भव हुने भएकाले यो कार्य गर्न गरिएको हो,’ अध्यक्ष विष्टले भने ।