• चैत्र ५ २०८१, बुधबार

कास्कीमा भूकम्पको धक्का महसुस

चैत्र ४ २०८१, मंगलवार

काठमाडौँ । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का महसुस कास्की र आसपासका जिल्लामा गरिएको थियो । भूकम्पले क्षति पुर्‍याएको विवरण भने आएको छैन ।