• चैत्र २ २०८१, आईतवार

ह्वात्तै घट्यो पेट्रोलको मूल्य

चैत्र २ २०८१, आईतवार

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज आइतबारदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।