चैत १, नेपालगन्ज । बाँकेमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान प्र २०३००१ च ३९९२ नम्बरको जिपको ठक्कर दिँदा कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको हो ।
सडकछेउमा पैदल यात्रा गरिरहेका थारुलाई जिपले ठक्कर दिएको उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।