• फाल्गुन २९ २०८१, बिहीबार

इच्छा विपरीत लोला हानेकाे आरोपमा काठमाडौंबाट १२ जना पक्राउ

फाल्गुन २९ २०८१, बिहीबार

काठमाडौँ । रङको पर्व ‘होली’ मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरेको छ ।

दुई जना महिलासहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले बताए । काठमाडौँको पकनाजोलबाट प्रहरीले २ जना महिलालाई पक्राउ गरेको छ ।

इच्छा विपरीत लोला हान्ने र रङ दल्ने लगायतका अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । न्युरोड गेटबाट ३ जना, कोटेश्वर चोकबाट ४ जना, सिंहदरबार पश्चिम गेटबाट २ जना र बौद्धबाट १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

कसुरको प्रकृति हेरेर उनीहरूलाई मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने एसपी बोहराले जानकारी दिए ।