• फाल्गुन २९ २०८१, बिहीबार

खुशियालीको पर्व होली खेल्दा प्रयोग गरिने रंगहरुको महत्त्व 

फाल्गुन २९ २०८१, बिहीबार

होली पर्व हिन्दुधर्मावलम्बीहरुले मनाउने गर्छन् । यो पर्व  विशेषत भारत र नेपालमा मनाईने गरिन्छ । यो पवर्मा विभिन्न रङ्गहरु एक अर्कालाई लगाउने र खुसीयाली साटासाट गरेर्र रमाइलो गरी मनाईन्छ ।  यसलाई रङ्गहरुको पर्व पनि भनिन्छ । एक आपसमा भएका शत्रुता भुलेर खुसीयाली मनाउँदै रङ्गहरु छ्यापाछ्याप गरेर होली मनाउने प्रचलन छ ।

रंगको होली खेल्नुको उद्देश्य नै आपसी मतभेद बिर्सेर मायाको रंगमा रंगिन हुनु हो । तर के तपाईलाई थाहा छ यी रंगहरुको पनि फरक अर्थ हुन्छ । तसर्थ, कुनै पनि रंग प्रयोग गर्नु अघि, तपाईंले यसको अर्थ जान्नु पर्छ ।

रातो रंग
होलीमा रातो रङको सबैभन्दा बढी प्रयोग गरिन्छ । रातो रंगलाई शुभको प्रतीक मानिन्छ । उदाउँदो सूर्यको रंग पनि रातो हुन्छ । यो उत्साह, आनन्द र ऊर्जा को प्रतीक मानिन्छ। होलीको दिन जनतामा हर्षोल्लास र उमंगको माहोल हुन्छ । त्यसैले रातो रङ सबैभन्दा बढी प्रयोग गरिन्छ ।
पहेंलो रंग
पहेँलो रंग समृद्धि र कीर्तिको प्रतीक मानिन्छ । होलीको प्रथा सुरु गर्ने श्रीकृष्णलाई पनि यो रंग अति प्रिय छ । यस मौसममा अधिकांश रुखमा पहेँलो फूलले वातावरण रमाइलो बनाउँछ । त्यसैले पहेँलो रंगलाई अति पवित्र मानिन्छ ।
हरियो रंग
हरियो रंग सुख, समृद्धि र शान्तिको प्रतीक मानिन्छ । प्रकृतिले पनि पृथ्वीलाई हरियो रंगले सजाउँछ। हरियो रंगले सन्तुलित जीवन, दया र प्रेमको प्रतिनिधित्व गर्दछ । होलीमा, हरियो रंगले तपाईको जीवनमा नयाँ संचारको रूपमा काम गर्दछ।
नीलो रंग
होलीमा निलो रङ कमै देखिने गर्छ तर निलो गुलाल अवश्य लिन सकिन्छ । नीलो रंगलाई विशालताको प्रतीक मानिन्छ । आकाश र समुद्र दुवै विशाल छन् र तिनीहरूको रंग नीलो छ । यो रङले सबै रङहरू आफै भित्र सोस्छ । भगवान कृष्णमा पनि सबैलाई समाहित गर्ने गुण थियो, त्यसैले उहाँलाई पनि प्रायस् चित्रहरूमा नीलो देखाइएको छ। वास्तवमा, नीलो शान्ति, गम्भीरता र स्थिरताको रंग हो।
सेतो रंग
सेतो रंग सफा छवि र आध्यात्मिकता संग सम्बन्धित छ । सेतो रंगले बाहिर सबै कुरा छर्छ, केहि राख्दैन । त्यसैले त तपाईंले देख्नु भएको होला कि होलीको दिन धेरै मानिसहरूले आफ्नो छालामा सेतो रङ पहिल्यै राख्छन् किनभने यो रङले अरू कुनै रङलाई उठ्न दिँदैन। यसको स्वभाव कुनै पनि कुरालाई नजिक राख्नु हुँदैन । एजेन्सी