• फाल्गुन २६ २०८१, सोमबार

राप्रपाले बुझायो काठमाडौं महानगरलाई १ लाख रुपैयाँ जरिवाना

फाल्गुन २६ २०८१, सोमबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई १ लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो १ बजे राप्रपाका सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरूले महानगरको कार्यालयमा पुगेर जरिवानाबापतको रकम बुझाएका हुन् ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई १ लाख बुझाउन पत्र काटेको थियो ।

महानगरका नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले शाहीसँगै आएका नेताहरूले जरिवाना बुझाएको पुष्टि गरे । “आज उहाँहरू आएर १ लाख जरिवाना बुझाउनु भयो,” उनले भने ।