• फाल्गुन २६ २०८१, सोमबार

आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा

फाल्गुन २६ २०८१, सोमबार

२६ फागुन, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको घोषणा गरेका हुन् ।

सोमबार पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा उक्त घोषणा गरिएको हो । आन्तरिक रोजगारीको ढोका खोल्ने भन्दै श्रम मन्त्रालयले रोजगार प्रवद्र्धन दशक घोषणा गरेको हो ।

उक्त घोषणा कार्यक्रममा श्रम मन्त्रालय र विभिन्न रोजगारदाता निकायबिच समझदारी पत्रमा हस्तान्तर समेत गरिएको छ । आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणाको आन्तरिक रोजगार प्रवद्र्धन कार्यक्रमको समेत शुभारम्भ भएको छ ।

समझदारी पत्रमा हस्ताक्षरले आन्तरिक रोजगारको ढोका खुलेको श्रम मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीलाई साक्षी राखेर रोजगारदाता निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

नाडा अटोमोबाइल एसोसिएसन, नेपाल होटल व्यवसायी सङ्घ, नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, गार्मेट एसोसिएसन नेपाल, नेपाल निर्माण व्यवसायी महासङ्घ, लगायतले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।