• फाल्गुन २६ २०८१, सोमबार

जसपाका पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश

फाल्गुन २३ २०८१, शुक्रबार

सर्लाही । जसपाका नेपालका पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सर्लाहीको मलंगवामा आयोजित जनसभामा साहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।

साह २०७४ को आमनिर्वाचनमा सर्लाही क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०७८ सालदेखि प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए ।

पार्टी प्रवेशपछि नेता साहले अब माओवादीले मधेस आन्दोलनका बाँकी कार्यभार पूरा गर्नसक्ने ठहर गरी आफू माओवादीको हिस्सेदार बन्न पुगेको बताए ।

अहिले काङ्ग्रेस र एमाले पहिचान विरोधी दलको रुपमा देखिएको तथा मधेसी दल अवसरवादमा लिप्त भएकाले अब माओवादीलाई विश्वास गरेर मात्रै मधेसी जनताको मुक्ति सम्भव हुने बताए ।