चुरोटको लत यसरी छोड्न सकिन्छ ः
-दैनिक लाखौ मानिले चुरोटको लत छुटाउँछन्, तपाइ पनि तिनै मानिससंग मिसिन सक्नुहुन्छ। चुरोट छोडेका संग लत छुटाउने बारे अनुभव हुन्छ जसले तपाइको लत छुटाउन मद्धत गर्छ।
-किन चुरोट छोड्न चाहनुहुन्छ लेख्ने बानी गर्नुहोस्, चुरोटका वेफाइदा अनि तपाइमा देखिएको असर लेख्ने गर्नुहोस्। यसो गर्दा तपाईको दिमागले लत छुटाउने तर्फ ज्यादा ध्यान दिने गर्छ।
-चुरोट कहिले सम्म छोडिसक्नु हुन्छरु मिति तोक्नुहोस् अनि परिवार वा साथीभाइ लाई पनि भन्ने गर्नुहोस्।
-लत छोड्न निकै गाह्रो हुन्छ। निकोटिन निकै एडिक्टिभ हुन्छ। लत छोड्ने क्रममा कहिले चुरोट खाउँ खाउँ लाग्न हुन्छ, कहिले तपाइको मुडमा नै नकारात्मक असर पर्न सक्छ। तर ती सबैको लागि तयार रहि हेरस नखाइ छोड्न तिर बल गर्नुपर्छ।
-कारण पत्ता लगाएपछि आफ्नो जीवनशैली वा कार्यशैली परिवर्तन गर्नुहोस्। चुरोट पिउने अवस्था थाहा पाएपछि ती अवस्था आउन नदिन पहिल्यै सजग बन्न सकिन्छ।