मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोधेको कुरामा मात्रै प्रतिक्रिया दिनु उचित रहनेछ साथै तटस्थ रहेर कार्यक्षेत्रमा काम गर्नुहोला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनदेखि बच्नुहोस्। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक दृष्टिकोणले आजको दिन राम्रो रहनेछ। यात्रामा सुविधा रहनेछ। सामाजिक जमघटको बीच आफूलाई प्रतिष्ठित गर्न सक्नुहुनेछ। योजनाहरूले साकार रूप लिनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मेहनत गर्दा लक्ष्य प्राप्त हुने सम्भावना देखिन्छ। विद्यार्थी वर्गहरूको पढाइमा प्रगति हुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा कार्यसम्पादन गर्नमा अधिकारीवर्गको सहयोग मिल्नेछ साथै सीनियर र जुनियर दुवैको सहयोग मिल्ला। अध्ययन अध्यापनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। नयाँ कार्य प्रारम्भ हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्यक्षेत्रमा एकपछि अर्को अवसर प्राप्त हुनाले मन आनन्दित रहनेछ। कृषि वा पशुपालनबाट पनि राम्रो आय आर्जन गर्न सकिनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तपाईंको कलात्मकता र व्यवहारिकताको राम्रो संयोजन हुनेछ। आज नयाँ योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सक्षम हुनुहुन्छ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरेलु वा सामाजिक कार्यमा व्यस्त रहनुहुनेछ। आस मरिसकेको कार्य बन्नाले मन प्रसन्न रहनेछ। प्रशासनिक वा राजकीय पक्षबाट सहयोग मिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यावसायिक कार्यलाई सुचारु रूपले अगाडि बढाउन विशेष भूमिका निभाउनुपर्छ। कार्यक्षेत्रमा अपेक्षित परिणाम नमिल्ला। सवारी साधन चलाउँदा सचेत रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विश्वासपात्रबाट धोखा मिल्ला सचेत रहनुहोस्। कार्यक्षेत्रमा आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोला। स्वास्थ्य सबल रहनेछ तर खानपानमा विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्तहरूसँग समझदारी बढ्नेछ। कार्यक्षेत्रमा पुराना गरिएका कामहरूबाट लाभ आर्जन गर्न सकिनेछ। लगनशीलताले गरेको कार्यहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मित्रहरूले वाचा पुरा नगर्दा आफूले खर्च वहन गर्नुपर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक रोजगारको राम्रो अवसर हात लाग्ला। धर्मकर्ममा रूचि उत्पन्न हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ। -हाम्रो पात्रो