जिउ चिलाउनुका कारण यस्ता छन् ः
– फुस्रो सुख्खा छाला : बुढा पा धेरै नुहाउनु, आगो ताप्नुले छलालाई सुख्खा बनाउछ।
–छालाका रोग : इक्जेमा, कन्त्यक्ट डर्माटैटिस, अर्टी केरियालैकेन प्लेनस, सोरियासिस, चाया, घमौँरा आदि।
–एलर्जी : शृंगारका सामान, रबर, खोटो, उन, साबुन, औषधि, खानेकुरा, चर्को घाम, धुलो आदिको एलर्जी।
–परजीवी :लुतो, जुम्रा, उपियाँ, उडुस्, जुँका आदि।
– टोकाइ : किरा, फट्याङ्ग्रा, मच्छड, मौरी आदि।
– संक्रमण :ठेउला, जनै खटिरा, अन्य भाइरस, फंगसजन्य रोग, दाद, हिलोले खानु आदि।
– गर्भधारण : गर्भधारणका कारणले पनि जिउ चिलाउने हुन सक्छ।
–आन्तरिक रोगहरु :कलेजोको रोग, मिर्गौला फेल हुनु, रक्त अल्पता, गलगाँडको समस्या, क्यान्सर, सुगर आदि।