• फाल्गुन २९ २०८१, बिहीबार

युरोपमा बनेका कारलाई २५ प्रतिशत कर लगाउने ट्रम्पको निर्णय

फाल्गुन १६ २०८१, शुक्रबार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली संघ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताएका छन् ।

चाँडै यसको घोषणा हुने उनको भनाइ छ । कारसहित अन्य सबै कुराहरुमा २५ प्रतिशत कर लगाउने बताए । अमेरिकाको युरोपेली संघसँग करिव ३ सय अर्ब डलरको घाटा रहेको उनले बताए ।

अमेरिकासँग उनीहरुले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरु स्वीकार नगरेको आरोप लगाए ।
इयुले मुलतः कृषि उत्पादनहरु स्वीकान नगर्ने उनको भनाइ छ ।