माटो जस्तो गन्हाउने चुकन्दर धेरैको रोजाइमा मन नपर्न सक्छ । चुकन्दरलाई सलादका रूपमा खाने वा जुसका बनाएर पिउने गर्दछन् । यसको रस खानेबारे मानिसका मनमा जिज्ञासा आउन सक्छ, चिकित्सकका अनुसार जुनसुकै रूपमा खाए पनि चुकन्दर शरीरका लागि निकै लाभदायी छ ।
चुकन्दर खानुका केही फाइदा:
– चुकन्दरमा आइरन, सोडियम, पोटासियम, फस्फोरस पर्याप्त मात्रामा पाइन्छ। जसले कारण शरीरलाई स्वस्थ राख्न मदत गर्छ। जाडो मौसममा हरेक दिन चुकन्दरको सलाद वा जुस लिनु राम्रो हुन्छ।
– चुकन्दरले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। किनभने, यसमा पाइने फाइबरले पेटलाई सफा राख्न सहयोग गर्छ।
– फस्फोरस कपाल वृद्धिका लागि उपयुक्त मानिन्छ। जसका लागि चुकन्दर प्राकृतिक स्रोत मानिन्छ।
– चुकन्दर उच्च रक्तचाप भएका व्यक्तिका लागि पनि उपयोगी छ। चुकन्दर र गाजरको जुस बनाएर पिउने गर्दाले शरीरलाई प्राकृतिक चिनी प्राप्त हुन्छ। र रक्तचाप पनि नियन्त्रण राख्न मदत गर्छ।
– चुकन्दरमा भिटामिन बी, सी, फस्फोरस, क्याल्सियम र एन्टीअक्सिडेन्टस् हुन्छ। जसले शरीरको रगत प्यूरिफिकेस र अक्सिजन बढाउन काम गर्छ।
– यदि तपाईलाई कुनै काम गर्दागर्दै छिटै थकाइ महसुस हुन्छ भने शरीरमा अक्सिजनको कमी वा रगतको कमीका कारण हुनसक्छ। यस्ता व्यक्तिलाई चुकन्दर निकै लाभदायी हुने गर्दछ ।