• फाल्गुन १३ २०८१, मंगलवार

३ सय ५० डलरको खनिजका स्रोतहरू रुसले कब्जा गरेको युक्रेनद्वारा स्वीकार

फाल्गुन १२ २०८१, सोमबार

किएभ । युक्रेनी अधिकारीहरूले रूसले कब्जा गरेका युक्रेनी क्षेत्रहरूमा करिब ३ खर्ब ५० अर्ब डलर बराबरको महत्वपूर्ण स्रोतहरू रहेको आइतबार बताएका छन् । ठिक यसैबेला अमेरिकी ट्रम्प सरकारले युक्रेनको स्रोत आधारमा प्राथमिक पहुँच सुनिश्चित गर्न सम्झौताका लागि दबाब दिइरहेको छ ।

किएभले राष्ट्रपति जो बाइडेनको कार्यकालमा प्रदान गरिएको सहयोगको क्षतिपूर्तिका रूपमा युक्रेनका स्रोतहरू प्रयोग गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई अस्वीकार गरिरहेको छ । तर, युक्रेनको स्रोत आधारको ठूलो भाग यसको औद्योगिक पूर्वी डोनबास क्षेत्रमा छ र त्यहाँ रूसले क्षेत्र कब्जा गरेको छ र रुसी सेना अझै अघि बढिरहेको छ ।

‘दुर्भाग्यवश, अस्थायी रूपमा कब्जा गरिएको क्षेत्रमा करिब ३ खर्ब ५० अर्ब डलर मूल्यका यी उपयोगी सामग्रीहरू छन् भन्ने जानकारी हामीसँग छ’, उपप्रधानमन्त्री युलिया स्विरिडेन्काले किएभमा पत्रकार सम्मेलनमा भने ।

उनका अनुसार भण्डारहरूको केही तथ्यांकहरू ‘पुरानो’ भए पनि यो अनुमान भूगर्भीय सर्वेक्षण र खुला स्रोत तथ्यांकमा आधारित छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिथियम, टाइटेनियम, युरेनियम र दुर्लभ पृथ्वी धातुहरू जस्ता महत्वपूर्ण स्रोतहरूमा पहुँचको साटो ट्रम्पबाट ठोस सुरक्षा ग्यारेन्टी छन् ।

तिनीहरू इलेक्ट्रोनिक्स उत्पादनका लागि महत्वपूर्ण छन् । ट्रम्प र उनका सहयोगीहरूले सम्झौतामा हस्ताक्षर गर्न जेलेन्स्कीको अनिच्छाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । युक्रेनको एक स्रोतले शनिबार एएफपीलाई बताए अनुसार युक्रेनी नेता हालको अमेरिकी मागहरूमा सहमत हुन तयार छैनन् ।

उनका चिफ अफ स्टाफ एन्ड्री यर्माकले आइतबार वार्ता ‘सामान्य’ शैलीमा अघि बढिरहेको बताए । युक्रेनले अमेरिकाले मागेका खनिजहरु नदिएमा आगामी दिनमा उसलाई दिँदै आएको सहयोग रोक्नेछ ।

उता रुसले पनि आफूले कब्जा गरेको युक्रेनी भूभाग छोड्ने नसकिने बताइसकेको छ । यस्तो अवस्थामा युक्रेन न रुससितको युद्धलाई निरन्तरता दिन सक्नेछ न त अमेरिकासित पाउँदै आएको सहयोग पाउने छ । यदि यस्तो अवस्था आयो भने युक्रेनको भविष्य खतरामा पर्नेछ ।

यस्तो अवस्थामा शासकहरुको बुद्धिले काम नगर्दा र अरुको बुई चढ्दा आज युक्रेनी जनताले दुःख पाएका छन्, त्यो नै संसारका मानिसहरुको लागि गतिलो शिक्षा हुनेछ ।